Second Semester_Nepali_ बाच्ने एउटा जिन्दगी

 बाच्ने एउटा जिन्दगी

-केशवराज पिँडाली



प्रस्तुत आलेखमा उपन्यासकार केशवराज पिँडालीद्वारा रचित बाँच्ने एउटा जिन्दगी (२०४३) उपन्यासमा अभिव्यक्त अधीनस्थ पिँढीका अनुभूतिको पहिचान र विश्लेषण गर्दै त्यस आधारमा कालखण्ड विशेषको नेपाली समाज र संस्कृतिको खोजी गरिएको छ । सम्बद्ध उपन्यासको विश्लेषणार्थ रेमन्ड विलियम्सद्वारा प्रतिपादित साहित्यको समाजशास्त्रीय सिद्धान्त विशेष अनुभूतिको संरचनाअन्तर्गतको ‘वैकल्पिक÷अधीनस्थ पिँढीका अनुभूति’ सम्बन्धी अवधारणालाई उपयोग गरिएको छ । प्रस्तुतअध्ययनअनुसार यस उपन्यासले लगभग आधा शताब्दी लामो कालखण्डको नेपाली सामाजिक संरचनालाई कार्यपीठिकाका रूपमा रोजेको छ । राणा शासनको पछिल्लो सामन्ती राज्यव्यवस्थाद्वारा संरक्षित मूलधारको संस्कृतिमा वैकल्पिक पिँढीका रूपमा रहेको अधीनस्थ पिँढी वा समुदायले झेलिरहेको उत्पीडन तथा सहनको संस्कृतिमा तिनको अभ्यस्तता र प्रतिरोध चेतविहीन अवस्थाले नै प्रजातन्त्रोत्तर नेपाली समाजमा पनि निरन्तरता पाइरहेको स्थिति छ । साथै, पुरानो र नयाँ संस्कृतिको सङ्क्रमणकालीनताबाट गुज्रिरहेको नव पुस्तामा आश्रित अघिल्लो पुस्ताले संरक्षण र आदरका साटो तिरस्कार र अवहेलनाको प्राप्तिमा निराशा र दीनताका कुण्ठाजन्य अनुभूति सँगालिरहेको छ तथापि प्रतिकार चेतमा त्यस पिँढीमा उदीयमान अनुभूति निर्माण हुँदै गएको सुखद अवस्थाको चित्रण पनि उपन्यासले गरेको छ । त्यसै परिप्रेक्ष्यमा परिवर्तित समयसन्दर्भलाई चिनेर स्वावलम्बी, स्वतन्त्र र सुखद बुढ्यौली जीवनका बारेमा सोच्ने, निर्णय लिने र त्यसलाई कार्यान्वयन गर्ने तहसम्मका तिनमा उद्बुद्ध अनुभूतिका संरचनाका माध्यमले परिवर्तनउन्मुख सामाजिक संस्कृतिलाई पनि प्रस्तुत उपन्यासले सङ्केत गर्नसकेको निष्कर्ष लेखको अन्त्यमा प्रस्तुत छ । 
















Comments

Popular posts from this blog

Third Semester_Web Technology_Quesiton Answer