Second Semester_Nepali_Poem_फूलको आँखामा

फूलको आँखामा

~दुर्गालाल श्रेष्ठ~



फूलको आँखामा फूलै संसार
काँढाको आँखामा काँढै संसार
झुल्किन्छ है छाँया बस्तु अनुसार
काँढाको आँखामा काँढै संसार

चित्त शुद्ध होस् मेरो, बोली बुद्ध होस्
मेरो पैतालाले किरै नमरोस्
राम्रो आँखामा खुल्छ राम्रै संसार
काँढाको आँखामा काँढै संसार

टह-टह जून देखूँ, कालो रातैमा
जीवन संगीत सुनुँ म सुख पातैमा
सङ्ग्लो मनमा खुल्छ है, संग्लै संसार
काँढाको आँखामा काँढै संसार

शब्द – दुर्गालाल श्रेष्ठ
स्वर – आनी छोइङ डोल्मा
संगीत – न्ह्यू बज्राचार्य

Comments

Popular posts from this blog

Third Semester_Web Technology_Quesiton Answer